Nepal Life

पाटनमा अमेरिका, बेलायत सहित १० देशका कूटनीतिक अधिकारीहरुको अवलोकन भ्रमण

NMB Bank
  • BFIS News
  • 2023 Sep 27 18:20
पाटनमा अमेरिका, बेलायत सहित १० देशका कूटनीतिक अधिकारीहरुको अवलोकन भ्रमण
United Ajod

काठमाडौं । नेपालस्थित अमेरिका, बेलायत लगायत विभिन्न १० देशका कूटनीतिक नियोगका अधिकारीहरुले पाटनका पुरातात्विक एवं ऐतिहासिक सम्पदाहरुको अवलोकन भ्रमण गरेका छन् ।

Shikhar
Nepal Life
NIMB

पाटन क्षेत्रका सम्पदाको सम्वर्द्धन र प्रर्वद्धन गर्ने उद्देश्यसहित रोटरी क्लव अफ पाटन हेरिटेज र द कन्स्यूलेट अफ द रिपब्लिक मरिसस काठमाडौंको संयुक्त समन्वयमा मंगलवार पाटन क्षेत्रको अवलोकन भ्रमण आयोजना गरिएको नेपालका लागि मरिससका वाणिज्यदूत गणेश कार्कीले बताए ।

अमेरिका, बेलायत, स्विजरल्याण्ड, पाकिस्तान, श्रीलंका, मलेसिया, थाइल्याण्ड लगायतका १० भन्दा धेरै देशका राजदूत/कूटनीतिक नियोग प्रमुखहरुले पाटन ढोकाबाट पाटन दरबार स्क्वायरसम्मका दर्जनौ सम्पदाको अवलोकन गरेका थिए ।

सम्पदा अवलोकनमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका पूर्व गभर्नर दिलेन्द्रराज श्रेष्ठ, निर्वाचित गभर्नर राजेन्द्रमान शेरचन, मरिससका तर्फवाट नेपालका लागि वाणिज्यदूत तथा रोटरी क्लव अफ पाटन हेरिटेजका संस्थापक अध्यक्ष गणेश कार्की, वर्तमान अध्यक्ष सोनु शाक्य, ललितपुर महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधी तथा कर्मचारी, स्थानीय सम्पदासम्बन्धि जानकारहरु, रोटरी क्लव अफ पाटनका पदाधिकारीहरु, सदस्यहरु तथा रोट्रयाक्टका प्रतिनिधिहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।

पाटनढोकाबाट शुरु भएको अवलोकन भ्रमण मिखा बहाल, गणेश मन्दिर, गोल्डन टेम्पल लगायत दर्जन भन्दा बढि सम्पदाहरुको अवलोकनपछि पाटन दरबार स्क्वायरमा पुगेर समापन भएको थियो ।

पाटन क्षेत्रभित्रका पुरातात्विक तथा ऐतिहासिक सम्पदाको जानकारी दिनुका साथै मरिसस र नेपालको सम्बन्ध विस्तार गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको नेपालका लागि मरिससका वाणिज्यदूत कार्कीले बताए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया