Nepal Life

कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर

NMB Bank
  • BFIS News
  • 2026 Mar 29 10:53
कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर
United Ajod

काठमाडौं। कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि सार्वजनिक निष्काशनमा ल्याएको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने आज (चैत १५ गते) अन्तिम दिन हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरका ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत, अर्थात् ३ करोड ५० लाख रुपैयाँ बराबरका प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका, नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त नेपालीहरूका लागि छुट्याइएको हो।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओका लागि केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख ४२ हजार ३१० रुपैयाँ ३ पैसा रहेको छ। यस आयोजनाको प्रतिमेगावाट लागत २८ करोड ३० लाख ६२ हजार १२० रुपैयाँ ६८ पैसा रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २५ वर्ष १ महिना बाँकी छ।

उक्त आयोजनामा साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष रहेको छ भने छुट दर (डिस्काउन्ट) मा गणना गर्दा लगानी फिर्ता हुने अवधि १८.०१ वर्ष रहेको छ। यस आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन सुरु भइसकेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाहरूमार्फत ‘सि–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया