Nepal Life

एनएमबि बैंकको नाफा र प्रतिशेयर आम्दानी घट्यो

NMB Bank
  • BFIS News
  • 2025 Nov 07 10:17
एनएमबि बैंकको नाफा र प्रतिशेयर आम्दानी घट्यो
United Ajod

काठमाडौं । एनएमबि बैंक लिमिटेड (NMB) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

प्रकाशित विवरण अनुसार, बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी (EPS) दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेका छन्।

समीक्षा अवधिसम्ममा बैंकले ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २०.०४ प्रतिशत कम हो। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानीमा २४.४९ प्रतिशत र फि तथा कमिशन आम्दानीमा १४.३७ प्रतिशत वृद्धि भए पनि इम्पेरमेन्ट चार्ज बढेकाले नाफा घटेको बैंकले जनाएको छ। चालु त्रैमासमा बैंकको इम्पेरमेन्ट चार्ज ७१ करोड ३९ लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा १४.३१ प्रतिशतले घटेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९४ करोड रुपैयाँ रहेको छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा EPS ५ रुपैयाँले घटेर १९ रुपैयाँ ९५ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा र मूल्य-आम्दानी अनुपात (P/E ratio) ११.७८ गुणा रहेको छ।

हाल बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ छ भने जगेडा कोषमा १४ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा बैंकले २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया