Nepal Life

एनआईसी एशिया बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब २४ करोड ऋणात्मक

NMB Bank
  • BFIS News
  • 2025 Nov 07 15:37
एनआईसी एशिया बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब २४ करोड ऋणात्मक
United Ajod

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको विवरण अनुसार सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक देखिएको छ।

Shikhar
Nepal Life
NIMB

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यस अनुसार, बैंकको नाफा १०.५३ प्रतिशतले वृद्धि भएको छ।

खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफा बढेका कारण बैंकको नाफामा सुधार आएको बैंकले जनाएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४४ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.१५ प्रतिशतले घटेको छ। तर, कुल सञ्चालन मुनाफा भने ११.३१ प्रतिशतले बढेको छ।

नाफा वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि सुधार भएको छ। समीक्षा अवधिमा बैंकको ईपीएस ३७ पैसा बढेर ३ रुपैयाँ २८ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात (P/E ratio) ९७.७३ गुणा रहेको विवरणमा उल्लेख छ।

१४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको एनआईसी एशिया बैंकको जगेडा कोषमा १४ अर्ब ७२ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा ३ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया