Nepal Life

सिद्धार्थ बैंकको वितरण योग्य मुनाफा एक अर्ब ६१ करोड

NMB Bank
  • BFIS News
  • 2025 Nov 08 21:43
सिद्धार्थ बैंकको वितरण योग्य मुनाफा एक अर्ब ६१ करोड
United Ajod

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सिद्धार्थ बैंकको खुद नाफा १५ प्रतिशतले घटेको छ। बैंकले यो अवधिमा ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको यसै अवधिमा भएको ३८ करोड २० लाख रुपैयाँको नाफाभन्दा कम हो।

Shikhar
Nepal Life
NIMB

बैंकले लोन लस प्रोभिजन (ऋण हानी व्यवस्थापन कोष) बढाएसँगै नाफामा कमी आएको हो। गत वर्षको पहिलो त्रैमासमा यो कोषको रकम १ अर्ब रुपैयाँ रहेकोमा चालु वर्षको सोही अवधिमा बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

तर, बैंकको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ। गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष सो रकम बढाएर २ अर्ब १६ करोड रुपैयाँ पुर्‍याएको छ।

यससँगै बैंकले निष्क्रिय कर्जाको अवस्थामासमेत सुधार गरेको छ। गत वर्षको असोज मसान्तसम्म निष्क्रिय कर्जाको अनुपात ३.९१ प्रतिशत रहेकोमा चालु वर्षको असोज मसान्तसम्म घटेर ३.८० प्रतिशतमा झरेको छ।

असोज मसान्तसम्म सिद्धार्थ बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। प्रति सेयर वितरणयोग्य नाफा ११ रुपैयाँ ४७ पैसा रहेको बैंकले जनाएको छ।

विश्लेषकहरूका अनुसार बैंकले जोखिम न्यूनीकरणका लागि प्रावधान बढाए पनि ब्याज आम्दानीमा सुधार देखिएकोले दीर्घकालीन वित्तीय स्थायित्वका दृष्टिले यो सकारात्मक संकेत हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया