Nepal Life

एनएमबी बैंकको वितरण योग्य मुनाफा ८२ प्रतिशतले बढ्यो, एक अर्ब ९४ करोड लाभांश दिन सक्ने क्षमता

NMB Bank
  • BFIS News
  • 2025 Nov 08 21:52
एनएमबी बैंकको वितरण योग्य मुनाफा ८२ प्रतिशतले बढ्यो, एक अर्ब ९४ करोड लाभांश दिन सक्ने क्षमता
United Ajod

काठमाडौं। एनएमबी बैंकको वितरण योग्य मुनाफा ८२ प्रतिशतले बढेको छ। बैंकले एक अर्ब ९४ करोढ लाभांश दिन सक्ने देखिएको छ। 

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा एनएमबि बैंकको नाफा र प्रतिसेयर आम्दानी (ईपीएस) दुवै घटेका छन्। बैंकले समीक्षा अवधिमा ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०४ प्रतिशत कम हो। गत वर्षको पहिलो तीन महिनामा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा वृद्धि भए पनि इम्पेरमेन्ट चार्ज बढेकाले नाफा घटेको बैंकले जनाएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशतले र खुद फि तथा कमिशन आम्दानी १४.३७ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, कुल सञ्चालन आम्दानी २३.४७ प्रतिशतले बढे पनि सञ्चालन मुनाफा भने १४.३१ प्रतिशतले घटेको छ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँले घटेर १९ रुपैयाँ ९५ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात (P/E ratio) ११.७८ गुणा रहेको छ।

हाल एनएमबि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १४ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको विवरण सार्वजनिक गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया