Nepal Life

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ प्रतिशत लाभांश घोषणा, चुक्ता पूँजी ५ अर्ब २ करोड पुग्ने

NMB Bank
  • BFIS News
  • 2025 Nov 09 10:57
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ प्रतिशत लाभांश घोषणा, चुक्ता पूँजी ५ अर्ब २ करोड पुग्ने
United Ajod

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत का दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Shikhar
Nepal Life
NIMB

घोषित लाभांशमध्ये ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहनेछ। बैंकको सञ्चालक समितिको बैठक कात्तिक २१ गते बसेर सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाको अनुमोदन पश्चात कार्यान्वयनमा आउनेछ। यस निर्णयपछि बैंकका शेयरधनीहरूले गत वर्षको मुनाफाबाट आकर्षक प्रतिफल पाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया