Nepal Life

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

NMB Bank
  • BFIS News
  • 2025 Nov 09 15:26
मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला
United Ajod

काठमाडौं, कात्तिक २३ – मनाङ जिल्लामा सम्पर्क विहीन रहेका दुई भारतीय नागरिकको शव सशस्त्र प्रहरीले फेला पारेको छ। ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाई पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेलको शव आइतबार दिउँसो करिब २ बजे भेटिएको हो।

Shikhar
Nepal Life
NIMB

उनीहरू कात्तिक ३ गते ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जानु भनी निस्किएका थिए र त्यसपछि सम्पर्कविहीन भएका थिए। होटलले सम्पर्क विहीन भएको जानकारी सशस्त्र प्रहरी बल र नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई दिएको थियो।

सशस्त्र प्रहरी नायब उपरीक्षक हिरा बहादुर जिस्को नेतृत्वमा उद्धार सामग्रीसहित खटिएको माउन्टेन रेस्क्यु टोलीले शव गुम्बाबाट करिब १०० मिटर माथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो। सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार घटनास्थलबाट शव तल झार्ने कार्य जारी छ।

मृतकहरू बाबु र छोरी रहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया