Nepal Life

प्लाष्टिकजन्य फोहोर बाल्न निषेध : बाले १० हजार जरिवाना

NMB Bank
  • BFIS News
  • 2025 Nov 09 16:01
प्लाष्टिकजन्य फोहोर बाल्न निषेध : बाले १० हजार जरिवाना
United Ajod

काठमाडौँ, कात्तिक २३ गते — काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु तथा फोहर बाल्न कडाइका साथ निषेध गरेको छ। नियम उल्लंघन गर्ने व्यक्तिलाई प्रत्येक पटक १० हजार रुपैयाँसम्म जरिवाना गरिने भएको छ।

Shikhar
Nepal Life
NIMB

चिसो बढेसँगै खुला ठाउँमा फोहर, प्लास्टिक र अन्य वस्तु बाल्ने क्रम तीव्र बन्दै गएपछि महानगरले जनस्वास्थ्य र वातावरणीय असर न्यूनीकरणका लागि यस्तो निर्णय गरेको हो।

विभागकी प्रमुख सरिता राईका अनुसार, जाडो महिनामा उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक बढ्ने भएकाले फोहर बाल्न रोक लगाइएको हो। उनले भनिन्, “जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यो कदम चालिएको हो।”

उनका अनुसार वायु प्रदूषणले विशेषगरी बालबालिका, जेष्ठ नागरिक, दम–खोकी तथा मुटुरोगी लगायत दीर्घ रोगीहरूमा गम्भीर असर पार्ने भएकाले सबै नागरिकले जिम्मेवारीपूर्वक व्यवहार गर्न आवश्यक छ।

महानगरले जारी गरेको प्रतिबन्ध उल्लङ्घन गर्ने व्यक्तिमाथि काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र आर्थिक ऐन, २०८२ अनुसार कारबाही हुने जनाएको छ। यसका आधारमा प्रतिपटक १० हजार रुपैयाँ जरिवाना गरिने विभागले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया