Nepal Life

निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

NMB Bank
  • BFIS News
  • 2025 Nov 09 23:39
निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग
United Ajod

काठमाडौँ, कात्तिक २३ गते । पहिलो संविधानसभाका चार पूर्वसभासदसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ।

Shikhar
Nepal Life
NIMB

रेणु चन्द, डा. बिन्दा पाण्डे, अमृता थापा मगर र सुनीलबाबु पन्तलगायतको टोलीले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ समेत ५० प्रतिशत महिलालाई उम्मेदवार बनाउने व्यवस्था कानुनमै अनिवार्य गर्नुपर्ने माग गरेको हो।

टोलीले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्तलाई निर्वाचन कानुनले आत्मसात् गर्न नसकेको भन्दै, आवश्यक परे अध्यादेशमार्फत् नै कानुन संशोधन गर्नुपर्ने सुझाव दिएको छ।

डा. पाण्डेका अनुसार, “कानुनमा बाध्यकारी व्यवस्था नहुँदा राजनीतिक दलहरूले प्रत्यक्ष प्रणालीमा महिलालाई टिकट दिन आनाकानी गर्छन्। यही कारण संसदमा महिला प्रतिनिधित्व अझै सन्तोषजनक छैन। अब कानुनमै ५० प्रतिशत महिलालाई उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था गर्नुपर्छ,” उहाँले बताउनुभयो। उहाँले त्यसभित्र दलित, जनजाति र अन्य अल्पसंख्यक समुदायको प्रतिनिधित्व पनि सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतिनिधिमण्डलमा उषाकिरण तिम्सेना, सम्झना पौडेल र प्रतीक्षा चापागाईंलगायतको पनि सहभागिता थियो।

प्रधानमन्त्री कार्कीले टोलीको मागबारे मन्त्रिपरिषद् बैठकमा छलफल गर्ने प्रतिबद्धता जनाउनुभएको छ। साथै, उहाँले निर्वाचन खर्चिलो हुन नदिनका उपायबारे पनि विचार गर्नुपर्ने धारणा राख्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले खर्चिलो निर्वाचनका कारण भ्रष्टाचार र चुनावी बेथिति बढ्दै गएको उल्लेख गर्दै, त्यसलाई नियन्त्रण गर्न कानुनी र व्यवस्थापकीय सुधार आवश्यक रहेको बताउनुभयो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया