Nepal Life

नक्सालको भाटभटेनी भत्काउने क्रममा तीन जना घाइते

NMB Bank
  • BFIS News
  • 2025 Nov 09 23:43
नक्सालको भाटभटेनी भत्काउने क्रममा तीन जना घाइते
United Ajod

काठमाडौँ, कात्तिक २३ गते । नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा तीन जना घाइते भएका छन्।

Shikhar
Nepal Life
NIMB

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार आइतबार दिउँसो आगलागीपछि सो सुपरमार्केट भत्काउने क्रममा ३३ वर्षीय राजकुमार स्याङ्तान, २५ वर्षीय दीपक तामाङ र २१ वर्षीय विजय पाख्रिन घाइते भएका हुन्।

घाइतेहरूलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगिएको छ। प्रवक्ता भट्टराईका अनुसार राजकुमार स्याङ्तानको स्वास्थ्य अवस्था गम्भीर छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ।

उहाँले भन्नुभयो, “नक्सालको भाटभटेनीमा आगलागी भएपछि संरचना भत्काउने क्रममा ती तीन जना पुरिएका थिए।”

दुर्घटना आइतबार दिउँसो साढे ३ बजे भएको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया