Nepal Life

विद्युत बिक्री आम्दानी घटेसँगै मोदी इनर्जीको नोक्सानी बढ्यो

NMB Bank
  • BFIS News
  • 2025 Nov 10 11:18
विद्युत बिक्री आम्दानी घटेसँगै मोदी इनर्जीको नोक्सानी बढ्यो
United Ajod

काठमाडौं। मोदी इनर्जी लिमिटेड (MEL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

Shikhar
Nepal Life
NIMB

प्रकाशित विवरणअनुसार कम्पनीको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड ११ लाख रुपैयाँ नोक्सानी जनाएको छ। विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको नोक्सानी बढ्न पुगेको कम्पनीले जनाएको छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १५ करोड ८२ लाख रुपैयाँबाट घटेर १० करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कुल नाफा १४ करोड १७ लाख रुपैयाँबाट घटेर ८ करोड ९४ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा पनि १४ करोड २ लाख रुपैयाँबाट घटेर ८ करोड ८३ लाख रुपैयाँमा पुगेको छ।

यद्यपि, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च २८.०७ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ५ रुपैयाँ ६८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५९ रुपैयाँ ७९ पैसा कायम भएको छ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक रहेको विवरणमा उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया