Nepal Life

महुली लघुवित्तको पहिलो त्रैमासमा ३ करोड ४४ लाख नाफा, ईपीएस ३७ रुपैयाँ २८ पैसा

NMB Bank
  • BFIS News
  • 2025 Nov 10 12:03
महुली लघुवित्तको पहिलो त्रैमासमा ३ करोड ४४ लाख नाफा, ईपीएस ३७ रुपैयाँ २८ पैसा
United Ajod

काठमाडौं। महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा उत्कृष्ट वित्तीय प्रदर्शन गरेको छ।

Shikhar
Nepal Life
NIMB

संस्थाको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको ४ लाख ४९ हजार रुपैयाँबाट ३ करोड ४४ लाख रुपैयाँमा पुगेको छ, जुन ७,५६३.६२ प्रतिशतले वृद्धि भएको हो।

नाफा वृद्धिको प्रमुख कारण मुख्य आम्दानी (नेट इन्टरस्ट इनकम) मा भएको उल्लेखनीय वृद्धि र इम्पेयरमेन्ट खर्च (ऋण ह्रास खर्च) मा आएको तीव्र गिरावट रहेको छ। यस अवधिमा लघुवित्तको नेट इन्टरस्ट इनकम ३१.९१ प्रतिशतले बढेर ११ करोड १३ लाख रुपैयाँ पुगेको छ भने इम्पेयरमेन्ट खर्च ७५ प्रतिशतले घटेको छ। त्यसैगरी, अपरेटिङ नाफा अघिल्लो वर्षको ६ लाख ४२ हजार रुपैयाँबाट ४ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

संस्थाको रिटेन्ड अर्निङ ११.४३ प्रतिशतले बढ्दै १३ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने रिजर्भ ६.६५ प्रतिशतले बढेर ३१ करोड ८८ लाख रुपैयाँ भएको छ। यस अवधिमा ऋण तथा अग्रिम ६.०४ प्रतिशतले बढ्दै ५५६ करोड ४७ लाख रुपैयाँ पुगेको छ, र ग्राहक निक्षेप २.२६ प्रतिशतले वृद्धि भएको छ। सोही अवधिमा उधारो रकम (Borrowings) पनि ४.८० प्रतिशत बढेर ३०४ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

मुख्य वित्तीय सूचकांकहरूमा सुधार देखिएको छ। संस्थाको क्यापिटल एडिक्वेसी रेसियो १०.२३ प्रतिशतबाट बढेर १२.५१ प्रतिशत पुगेको छ भने कोस्ट अफ फण्ड ७.५१ प्रतिशतबाट घट्दै ६.८२ प्रतिशतमा झरेको छ। यद्यपि, नन–परफर्मिङ लोन (NPL) भने अलि बढ्दै ५.९५ प्रतिशत पुगेको छ, अघिल्लो वर्ष यो दर ४.८३ प्रतिशत थियो।

पहिलो त्रैमासको अन्त्यमा संस्थाको प्रतिशेयर आम्दानी (EPS) ३७ रुपैयाँ २८ पैसा, र प्रतिशेयर नेटवर्थ २२३ रुपैयाँ ६० पैसा रहेको छ। सोही अवधिमा महुली लघुवित्तको शेयर बजार मूल्य १,२७३ रुपैयाँ ९० पैसा मा कारोबार भएको छ, जसको P/E अनुपात ३४.१७ गुणा रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया