Nepal Life

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङको आग्रह

NMB Bank
  • BFIS News
  • 2025 Nov 10 13:40
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङको आग्रह
United Ajod

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा उत्पन्न अवरोध हटाउन आवश्यक पहल गर्न हेलम्बु गाउँपालिकालाई आग्रह गरेका छन्।

Shikhar
Nepal Life
NIMB

गत सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने माग गर्दै आयोजनाबाट प्रभावित स्थानीयवासीले मुहान बन्द गरेपछि काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति रोकिएको छ। यसैबीच, सोमबार मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासँग भेट गरी समस्या समाधानका लागि पहल र सहयोग गर्न अनुरोध गरेका हुन्।

प्रधानमन्त्री शुशीला कार्कीले पनि सोमबार मेलम्ची खानेपानीमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी थिइन्। हाल खानेपानी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छिन्।

मन्त्री घिसिङले विगतका सहमति र हालका मागहरू वार्ता तथा छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै, मेलम्चीबाट पानी नआएपछि काठमाडौं उपत्यकामा खानेपानीको समस्या गम्भीर बन्दै गएको बताए। उनले समस्या समाधान गरी छिट्टै मेलम्चीको पानी उपत्यकामा ल्याउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे।

हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले भने विगतमा गरिएका सम्झौताहरू सरकारद्वारा कार्यान्वयन हुनुपर्ने बताएका छन्। उनले आयोजनाले लिएको जग्गा र घरभाडा भुक्तानी गर्नुपर्ने, विगतका ठेकेदार सिएमसीका सामान आपूर्तिकर्तालाई रकम तिर्नुपर्ने, मेलम्ची बजारदेखि मेलम्ची घ्याङसम्म सडक निर्माण गर्नुपर्ने, र सुन्दरीजलमा पुग्ने पानीको परिमाणका आधारमा उपत्यकामा बिक्री हुने पानी आम्दानीको २५ प्रतिशत हेलम्बु विकासमा खर्च गर्नुपर्ने माग राखे।

उक्त विषयमा तत्कालीन खानेपानीमन्त्रीको उपस्थितिमा २१ असोज २०८१ मा मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका तथा गाउँपालिकामा क्रियाशील राजनीतिक दलबीच सहमति भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया