Nepal Life

मालपोत कार्यालय बाँकेले थाल्यो आंशिक सेवा

NMB Bank
  • BFIS News
  • 2025 Nov 10 23:58
मालपोत कार्यालय बाँकेले थाल्यो आंशिक सेवा
United Ajod

कात्तिक २४ गते ।गत जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट गम्भीर क्षति व्यहोरेको बाँकेको भूमिसुधार तथा मालपोत कार्यालय  ले पुनः आंशिक सेवा सुरु गरेको छ। आन्दोलनका क्रममा कार्यालयका भौतिक संरचना तथा महत्वपूर्ण अभिलेखहरू जलेर नष्ट भएका थिए।

Shikhar
Nepal Life
NIMB

कार्यालयले अहिले नेपालगञ्ज–९ स्थित नेपाल विद्युत प्राधिकरण नजिकैको नयाँ भवनबाट सेवा सञ्चालन गर्न थालेको छ। अभिलेखहरू जलेर नष्ट भएकाले ती विवरण पुनः संकलनको कार्य सुरु गरिएको कार्यालयले जनाएको छ।

सोही क्रममा कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायहरूलाई रोक्का विवरण उपलब्ध गराउन आग्रह गरेको छ। सूचनामा अदालत, बैंक, वित्तीय संस्था, सहकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी, आन्तरिक राजस्व कार्यालय, स्थानीय तह, ऋण असुली न्यायाधिकरण, बीमा कम्पनी, सञ्चय कोष र नागरिक लगानी कोषलगायत सम्बन्धित निकायलाई रोक्का अभिलेख बुझाउन अनुरोध गरिएको छ।

कार्यालयले धितो बन्धक वा अन्य कुनै कानुनी कारणले रोक्का गरिएका घरजग्गाको विवरण उपलब्ध गराएर अभिलेख अद्यावधिक गर्ने कार्यमा सहयोग गर्न सम्बन्धित निकाय र सेवाग्राही सबैलाई सहयोग गर्न आग्रह गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया