Nepal Life

सरकार र मेलम्चीवासीबीच सहमति जुटेन, मेलम्चीको पानी आपूर्तिमा अनिश्चितता

NMB Bank
  • BFIS News
  • 2025 Nov 11 12:03
सरकार र मेलम्चीवासीबीच सहमति जुटेन, मेलम्चीको पानी आपूर्तिमा अनिश्चितता
United Ajod

काठमाडौं । मेलम्ची बाढीपहिरो प्रभावित स्थानीय र सरकारले गरेको वार्ता सहमतिबिना टुंगिएको छ, जसका कारण मेलम्चीको पानी काठमाडौंमा आउने सम्भावना फेरि अनिश्चित बनेको छ ।

Shikhar
Nepal Life
NIMB

सोमबार खानेपानी मन्त्रालयका प्रतिनिधि र मेलम्ची क्षेत्रका प्रभावित स्थानीयबीच भएको छलफल निष्कर्षविहीन बनेको हो । स्थानीयहरूले आफ्ना मागहरू पूरा नभएसम्म अवरोध नहटाउने अडान लिएकाले बैठक सहमतिबिना टुंगिएको हो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालेन्ज ह्योल्मोले भने, “विगतका सरकारहरूले गरेका सम्झौता कार्यान्वयन नभएकाले अहिलेको वार्ता पनि केवल बहानामात्र देखियो । ठोस सहमति हुन सकेन ।”

खानेपानी मन्त्रालयले सोमबार मेलम्चीका प्रभावित पक्षहरूलाई वार्तामा बोलाएको थियो । तर, स्थानीयले आफ्ना मागमा अडान कायम राखेपछि अर्को बैठक गर्ने सहमतिसहित छलफल टुंगिएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मेलम्ची खानेपानी आपूर्ति अवरोध हटाउन निर्देशन दिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष ह्योल्मोसँग भेट गरी अवरोध अन्त्यका लागि पहल गर्न आग्रह गरेका थिए ।

तर, सोमबारको बैठकबाट पनि सहमति नजुटेपछि मेलम्चीको पानी काठमाडौंमा आउने समय अझै अनिश्चित बनेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया