Nepal Life

विद्युत उत्पादन पुनः सुचारु भएपछि पाँचथर पावर कम्पनी नाफामा

NMB Bank
  • BFIS News
  • 2025 Nov 11 14:45
विद्युत उत्पादन पुनः सुचारु भएपछि पाँचथर पावर कम्पनी नाफामा
United Ajod

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेड (PPCL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

विवरण अनुसार सो अवधिसम्ममा कम्पनीले ५ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २ करोड ५६ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो। सन् २०८० असारमा आएको बाढी र २०८१ असोज १२ गते पुनः आएको बाढीका कारण आयोजनाको सिभिल संरचना, पावरहाउस तथा इलेक्ट्रो–मेकानिकल उपकरणहरूमा ठूलो क्षति पुगेको थियो। त्यसका कारण कम्पनीले गत आर्थिक वर्षमा विद्युत उत्पादन गर्न नसकी नोक्सानी ब्यहोर्नु परेको हो।

कम्पनीका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत कार्य सम्पन्न गरी २०८१ चैत १६ गतेदेखि पुनः विद्युत उत्पादन सुचारु गरेसँगै कम्पनी अहिले नाफामा फर्किएको हो।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १४ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ। सो अवधिसम्ममा कम्पनीको कुल नाफा १३ करोड ५२ लाख रुपैयाँ र वित्तीय खर्च ५ करोड १ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४१ पैसा, प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ३ पैसा र मूल्य–आम्दानी अनुपात १३.५० गुणा रहेको छ।

९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको पाँचथर पावर कम्पनीको जगेडा कोष ३ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणमा जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया