Nepal Life

साञ्जेन जलविद्युतको नोक्सानी ५.४९ करोडबाट नाफा १५.२८ करोडमा

NMB Bank
  • BFIS News
  • 2025 Nov 11 15:01
साञ्जेन जलविद्युतको नोक्सानी ५.४९ करोडबाट नाफा १५.२८ करोडमा
United Ajod

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानीमा गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भएको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ५५ करोड ७९ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा भएको ६ करोड ३४ लाख रुपैयाँको तुलनामा ७७९.४५ प्रतिशतले बढी हो।

विद्युत बिक्री आम्दानीमा भएको वृद्धिसँगै कम्पनीको नाफा पनि सकारात्मक भएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्म ५ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले यस आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ।

कम्पनीका दुवै आयोजना—४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजना र साञ्जेन माथिल्लो जलविद्युत आयोजना—बाट नियमित विद्युत उत्पादन भइरहेको कम्पनीले जनाएको छ।

पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ ८५ रुपैयाँ ५४ पैसा रहेको छ। कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको विवरणमा जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया