Nepal Life

खातामा पैसा नभइ आईपीओमा आवेदन दिए तत्काल रद्द हुने, 'रियल टाइम कारोबार रोक्का'

NMB Bank
  • BFIS News
  • 2023 Sep 28 06:19
खातामा पैसा नभइ आईपीओमा आवेदन दिए तत्काल रद्द हुने, 'रियल टाइम कारोबार रोक्का'
United Ajod

काठमाडौं । अब धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) भर्दा खातामा पर्याप्त रकम भए/नभएको तत्काल जानकारी पाइने भएको छ ।

Shikhar
Nepal Life
NIMB

रकम नभए तत्काल प्रणालीले आईपीओको आवेदन रद्दको सूचना दिनेछ । नेपाल धितोपत्र बोर्डले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को एपीआई कार्यविधि स्वीकृत गरेरसँगै अब सीडीएससीको एपीआई आस्वा सदस्यहरु बैंकहरुले जडान गर्न सक्ने भएका छन् । सी–आस्वा प्रणाली मार्फत आईपीओमा आवेदन दिए पनि त्यसको भेरिफाइ भएर बैंक खातामा भएको रकम रोक्का हुन समय लाग्ने अवस्था थियो । सीडीएसीले बनाएको कार्यविधि बोर्डबाट स्वीकृत भएर आएसँगै अब एपीआई मार्फत सि–आस्वा सदस्य मार्फत रियल टाइममा नै आईपीओमा आवेदन दिने आवेदकको बैंक खाताबाट रकम रोक्का गर्न मिल्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडका सूचना अधिकारी सुरेश न्यौपानले बताए । सीडीएससीले करिब एक वर्षअघि कार्यविधि स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको थियो ।

बोर्डबोट स्वीकृत भएर आएसँगै त्यसलाई कार्यान्वयन गर्ने  बाटो खुलेको हो । आईपीओमा आवेदन दिन बैंक खातामा रकम नभए पनि हुने र आईपीओ भेरिफाइ गर्दा बैंक खातामा रकम भए रिजेक्ट हुने अवस्था थियो भने अब आईपीओमा आवेदन दिनेको बैंक खातामा रकम छ कि छैन भनेर सोही समयमा नै भेरिफाइ हुने भएको छ । यसले आईपीओ झुटा आवेदन नियन्त्रण हुने सीडीएससीले जनाएको छ । अब सीडीएससीले एपीआई जडान गर्ने  कम्पनी अथवा सेवा प्रदायकबाट शुल्क समेत लिन पाउने भएको छ ।

यस भन्दा अगाडी प्राथमिक शेयर निष्काशन गर्ने कम्पनीहरुले कृतिम आवेदन दिएर धेरै आवेदन परेको देखाउने गरेका थिए । घोराही सिमेन्टको प्राथमिक शेयरमा यस्तै देखिए पनि धितोपत्र बोर्डले प्रकृयाँ नै केहि समयका लागि रद्द गरेको थियो । प्रिमियममा शेयर निष्काशन गर्ने कम्पनीहरुले आफ्ना कर्मचारी तथा लगानीकर्ता मार्फत खातामै नभएको रकम बराबरको आवेदन दिएर आवेदन भन्दा धेरै परेको देखाउने गरेका थिए । 

आधार मूल्यमै शेयर निष्काशन गर्ने कम्पनीमा यस्तो समस्या नदेखिए पनि प्रिमियममा शेयर निष्काशन गर्ने कम्पनीहरुलाई शेयर बिक्री नहोला की भन्ने डर हुन्छ । बजारमा आफ्नो कम्पनीको इमेज राम्रो छ भन्ने देखाउन पनि यस्ता गलत अभ्यास हुने गरेको छ । अव यस्ता अभ्यासको पनि अन्त्य हुने भएको हो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया