Nepal Life

जेन–जी आन्दोलनबाट भएका क्षतिको बीमा दाबीमध्ये करिब रु. ३ अर्ब ६८ करोड भुक्तानी

NMB Bank
  • BFIS News
  • 2025 Nov 11 19:38
जेन–जी आन्दोलनबाट भएका क्षतिको बीमा दाबीमध्ये करिब रु. ३ अर्ब ६८ करोड भुक्तानी
United Ajod

काठमाडौँ। हालैको जेन–जी आन्दोलन का क्रममा भएका भौतिक तथा अन्य क्षतिको कारण निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिब रु. २३ अर्ब ४६ करोड ९१ लाख रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। यसमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब रु. ३ अर्ब ६८ करोड ४१ लाख बीमितहरूलाई भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता शुशिलदेव सुवेदीले जानकारी दिएका छन्।

Shikhar
Nepal Life
NIMB

प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, भुक्तानी भएको दाबी रकममध्ये सम्पत्ति बीमा तर्फ ६९३ वटा दाबी परेका छन्। ती दाबीहरूको कुल दाबी रकम रु. १९ अर्ब ४ करोड ९ लाख रहेकोमा हालसम्म रु. २ अर्ब ९२ करोड ८६ लाख भुक्तानी गरिएको छ।

त्यसैगरी, मोटर बीमा तर्फ २ हजार २९० वटा दाबी परेका छन्। ती दाबीहरूको कुल रकम रु. ३ अर्ब ४७ करोड ७ लाख मध्ये रु. ६८ करोड ६१ लाख भुक्तानी भएको छ।

इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमा तर्फ २०९ वटा दाबी दर्ता भएका छन्, जसको कूल दाबी रकम रु. ५४ करोड ७५ लाख मध्ये रु. ६ करोड २३ लाख भुक्तानी गरिएको छ।

परिवहन बीमा तर्फ १२ वटा दाबी परेका छन्, जसको रु. १ करोड ६८ लाख दाबी रकममध्ये रु. ४७ लाख भुक्तानी गरिएको छ।

त्यस्तै, अन्य बीमा तर्फ ४२ वटा दाबी परेका छन्, जसको रु. ३९ करोड ३० लाख दाबी रकममध्ये रु. २३ लाख अग्रिम भुक्तानीसहित बीमितहरूलाई भुक्तानी गरिएको छ।

पुनर्बीमा कम्पनीबाट करिब रु. २ अर्ब ४८ करोड अग्रिम भुक्तानी

जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब रु. २ अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ।

नेपाल पुनर्बीमा कम्पनीमा हालसम्म २ हजार ८५७ वटा पुनर्बीमा दाबी दर्ता भएका छन्, जसको कूल दाबी रकम करिब रु. १५ अर्ब ८२ करोड ७० लाख रहेको अद्यावधिक तथ्याङ्क प्राधिकरणले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया