Nepal Life

सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति, दुई करोड कित्ता शेयर बिक्री गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Nov 11 19:52
सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति, दुई करोड कित्ता शेयर बिक्री गर्ने
United Ajod

काठमाडौं, — सोलु हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्ड (SEBON) बाट प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) का लागि अनुमति प्राप्त गरेको छ। बोर्डले कम्पनीलाई आईपीओ निष्कासनका लागि विवरण पत्र (Prospectus) प्रकाशन गर्न स्वीकृति प्रदान गरेको हो।

Shikhar
Nepal Life
NIMB

धितोपत्र बोर्डको स्वीकृतिपछि कम्पनीले अब सर्वसाधारणमा शेयर जारी गर्ने प्रक्रिया अघि बढाउनेछ। स्वीकृति अनुसार सोलु हाइड्रोपावरले प्रति कित्ता रु. १०० अंकित दरका दुई करोड कित्ता साधारण शेयर निष्कासन गर्न पाउनेछ।

यो निष्कासन कम्पनीको कुल चुक्ता पुँजीको २० प्रतिशत हो। आईपीओ निष्कासनपछि कम्पनीको स्वामित्व संरचना अझ व्यापक हुने र सर्वसाधारण लगानीकर्तालाई परियोजनामा सहभागी हुने अवसर प्रदान हुने कम्पनीले जनाएको छ।

आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड लाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

सोलु हाइड्रोपावर लिमिटेडले नेपालको जलविद्युत् क्षेत्रमा लगानी बढाउँदै देशको ऊर्जा उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यका साथ आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले आईपीओ निष्कासनको मिति र अन्य विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया