NIMB Header 2
Nepal Life

सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त: कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन र परियोजना लगानीका क्षेत्रमा विज्ञ

IME LIFE
  • BFIS News
  • 2025 Nov 11 20:00
सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त: कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन र परियोजना लगानीका क्षेत्रमा विज्ञ
United Ajod

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन्। सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई आगामी माघ १२ गतेदेखि लागू हुने गरी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो।

Nepal Life
NIMB

हाल सानिमा बैंकका डेपुटी सीईओ रहेका आचार्यले बैंकसँग २०६० सालमा स्थापना भएको समयदेखि नै आफ्नो पेशागत यात्रा सुरु गरेका थिए। बैंकिङ क्षेत्रमा उनले २१ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन्।

हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते सकिने भएकाले त्यसपछि आचार्यले जिम्मेवारी सम्हाल्नेछन्। आचार्यले यसअघि बैंकका दश विभागमा विभागीय प्रमुखका रूपमा नेतृत्व गरेका थिए। उनी कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन र परियोजना लगानीका क्षेत्रमा विज्ञ मानिन्छन्। साथै, उनी सानिमा बैंककै सहायक कम्पनी सानिमा क्यापिटलको सञ्चालक समितिका अध्यक्ष पनि हुन्।

शैक्षिक योग्यता पक्षमा, आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर (मास्टर डिग्री) हासिल गरेका छन्। सानिमा बैंकले आचार्यको नेतृत्वमा बैंकलाई अझ प्रविधिमैत्री र ग्राहकमुखी बनाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया