Nepal Life

रिभर फल्सको अवितरित हकप्रद शेयर लिलामी आजदेखि सुरु

NMB Bank
  • BFIS News
  • 2025 Nov 12 09:39
रिभर फल्सको अवितरित हकप्रद शेयर लिलामी आजदेखि सुरु
United Ajod

काठमाडौं । रिभर फल्स पावर लिमिटेड (RFPL) ले आजदेखि अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्न थालेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म निष्कासन गरेको हकप्रद शेयरमा आवेदन नपरेका शेयर लिलामी प्रक्रिया अन्तर्गत बिक्री गर्न लागेको हो।

कम्पनीले कुल १० लाख ३८ हजार ९२४ कित्ता शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। इच्छुक लगानीकर्ताले मंसिर ३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य उल्लेख गरी आवेदन दिनुपर्नेछ।

बोलपत्रका लागि न्यूनतम १०० कित्ता आवेदन दिन सकिनेछ। अधिकतम आवेदन भने नेपाल धितोपत्र बोर्डले तोकेको प्रतिव्यक्ति तथा संस्थागत सीमा भित्र रहनुपर्नेछ।

कम्पनीको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलसँगै प्रभु बैंकका विराटनगर, हेटौँडा, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमार्फत पनि बोलपत्र पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया