Nepal Life

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको नाफा ३४० प्रतिशतले वृद्धि, ईपीएस ९ रुपैयाँ ७६ पैसा

NMB Bank
  • BFIS News
  • 2025 Nov 12 09:41
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको नाफा ३४० प्रतिशतले वृद्धि, ईपीएस ९ रुपैयाँ ७६ पैसा
United Ajod

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड (MEHL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले असोज मसान्तसम्म १ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४४ लाख ३४ हजार रुपैयाँ नाफाभन्दा ३४०.२३ प्रतिशतले बढी हो। कम्पनीले विद्युत बिक्री आम्दानीमा वृद्धि र वित्तीय खर्चमा कमी आउँदा नाफा उल्लेख्य रूपमा बढ्न सफल भएको जनाएको छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १५.१८ प्रतिशतले बढेको छ भने कुल नाफा २४.८५ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, वित्तीय खर्च ३०.६९ प्रतिशतले घटेको छ। कम्पनीले सो अवधिमा १४ लाख ५७ हजार रुपैयाँ अन्य आम्दानी पनि आर्जन गरेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि बढेको छ। पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको ईपीएस ७ रुपैयाँ ५४ पैसा बढेर ९ रुपैयाँ ७६ पैसा पुगेको छ। सोही अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ६६ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) ३९.२३ गुणा रहेको छ।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको मनकामना इन्जिनियरिङ हाइड्रोपावरको रिटेन्ड अर्निङ २७ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको विवरणमा उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया