Nepal Life

विद्युत बिक्री आम्दानीसँगै अपि पावरको नाफा ४४ प्रतिशतले वृद्धि

NMB Bank
  • BFIS News
  • 2025 Nov 12 09:44
विद्युत बिक्री आम्दानीसँगै अपि पावरको नाफा ४४ प्रतिशतले वृद्धि
United Ajod

काठमाडौं । अपि पावर कम्पनी लिमिटेड (API) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ।

कम्पनीले असोज मसान्तसम्म २६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १८ करोड १७ लाख रुपैयाँ नाफाभन्दा ४४.६१ प्रतिशतले बढी हो। कम्पनीले विद्युत बिक्री आम्दानीमा वृद्धि र वित्तीय खर्चमा कमी आउँदा नाफा वृद्धि भएको जनाएको छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १३.३१ प्रतिशतले बढेको छ भने कुल नाफा १०.७९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, वित्तीय खर्च ३७.५७ प्रतिशतले घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको ईपीएस ४ रुपैयाँ ७४ पैसा बढेर १७ रुपैयाँ ३० पैसा पुगेको छ। पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) १५.६२ गुणा रहेको छ।

६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको अपि पावर कम्पनीको अन्य इक्विटी ८९ करोड ५७ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया