Nepal Life

राष्ट्रिय अर्थतन्त्रमा ग्लोबल आइएमई बैंकको योगदान: राज्यलाई ४ अर्ब ७५ करोड माथिको कर भुक्तानी

NMB Bank
  • BFIS News
  • 2025 Nov 12 14:15
राष्ट्रिय अर्थतन्त्रमा ग्लोबल आइएमई बैंकको योगदान: राज्यलाई ४ अर्ब ७५ करोड माथिको कर भुक्तानी
United Ajod

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले हरेक वित्तीय सूचकमा अग्रस्थान कायम राख्दै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएको छ। बैंकले चालु आर्थिक वर्ष २०८१/८२ मा मात्र संस्थागत आयकर र स्रोतमा कर कट्टी गरी नेपाल सरकारलाई रु. ४ अर्ब ७५ करोड भन्दा बढी रकम राजस्वस्वरूप योगदान गरेको छ।

Shikhar
Nepal Life
NIMB

त्यसमध्ये बैंकले प्रत्यक्ष रूपमा रु. २१ करोड ७० लाख आयकर बुझाएको छ। यससँगै बैंकले आफ्नो व्यवसायिक सेवा सञ्जाल विस्तारमार्फत देशभर छरिएको पूँजी सङ्कलन गरी औद्योगिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। ग्लोबल आइएमई बैंकले नियमित सेवा तथा सेवा सम्झौतामार्फत ४,००० भन्दा बढी नेपाली नागरिकहरूलाई प्रत्यक्ष रोजगारीको अवसर उपलब्ध गराएको छ।

वित्तीय प्रदर्शनका दृष्टिले पनि बैंक सबै सूचकमा उत्कृष्ट देखिएको छ। गत आर्थिक वर्षमा बैंकले आफ्ना सेयरधारकहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। ३८ अर्ब ११ करोड चुक्ता पूँजी रहेको बैंकले सोही अवधिमा ५ अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

बैंकले ५ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी कर्जा परिचालन गरेको छ। यसअनुसार बैंकले समग्र बाणिज्य बैंकहरू मध्ये निक्षेपमा ८.७९ प्रतिशत र कर्जामा ८.८८ प्रतिशत बजार हिस्सा कायम राख्न सफल भएको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १७४.८० रुपैयाँ पुगेको छ भने प्रतिशेयर आम्दानी (EPS) १३.३२ रुपैयाँ रहेको छ। निरन्तर प्रगतिको यात्रामा अग्रसर ग्लोबल आइएमई बैंकले दिगो बैंकिङ अभ्यास, सुदृढ वित्तीय व्यवस्थापन र सेवा विस्तारका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा स्थायित्व र विश्वासको प्रतीक बनेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया