Nepal Life

अभिकर्ता संघ नेपाल लाइफ दैलेख शाखा समितिको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा कुमार राना सर्वसम्मत

NMB Bank
  • BFIS News
  • 2025 Nov 12 15:12
अभिकर्ता संघ नेपाल लाइफ दैलेख शाखा समितिको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा कुमार राना सर्वसम्मत
United Ajod

काठमाडौं। पेशागत बिमा अभिकर्ता संघ बिमक समिती अन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स शाखा समिती दैलेखको प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले रोहित कुमार रानाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

Shikhar
Nepal Life
NIMB

नवनिर्वाचित पदाधिकारीहरूमा अध्यक्ष रोहित कुमार राना, उपाध्यक्ष रत्ना कुमारी सोनी, कोषाध्यक्ष रमा कुमारी थापा, सचिव टेक राज पुरी, सदस्यहरू दुर्गा थापा, हस्त बहादुर कटुवाल र वीर बहादुर थापा रहेका छन्।

सचिव पदमा सर्वसम्मत चयन भएका टेक राज पुरीले सम्पूर्ण बिमित, अभिकर्ता तथा पेशागत बिमा अभिकर्ता महासंघ परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै सबैको हित र संघको उद्देश्य अनुरूप कार्य गर्ने प्रतिबद्धता जनाए। उनले अभिकर्ताहरूबीच एकता, पारदर्शिता र व्यावसायिकता प्रवर्द्धन गर्न नयाँ कार्यसमितिले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

अधिवेशनका प्रमुख अतिथि तथा पेशागत बिमा अभिकर्ता संघ बिमकका केन्द्रीय उपाध्यक्ष जुहारी लाल चौलागाईंले नवनिर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई दिँदै सफल, प्रभावकारी र उद्यमशील कार्यकालको शुभकामना व्यक्त गरे। उनले संघको मुख्य उद्देश्य अभिकर्ताहरूको हित संरक्षण र पेशागत विकासमा केन्द्रित रहेको उल्लेख गर्दै नयाँ नेतृत्वले दैलेखमा बिमा क्षेत्रको सुदृढीकरण र अभिकर्ता सशक्तीकरणका क्षेत्रमा नयाँ आयाम स्थापित गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा संघका प्रतिनिधि, स्थानीय अभिकर्ता, बिमित र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। अधिवेशनले शाखा समितीको आगामी योजना, नीति तथा स्थानीय स्तरमा बिमा सचेतना अभिवृद्धि गर्ने रणनीतिबारे पनि छलफल गरेको जनाइएको छ।

कार्यक्रममा सुर्खेत शाखा प्रमुख विष्णु प्रसाद शर्माले अभिकर्ता समुदायका लागि प्रेरणादायी मोटिभेसनल तालिम दिएका थिए। उनले पेशागत इमानदारी, आत्मविश्वास र ग्राहक सेवामा उत्कृष्टता हासिल गर्न अभिकर्ताहरूले निरन्तर सीप अभिवृद्धि गर्नुपर्ने बताए।

त्यस्तै, संघका केन्द्रीय सदस्य सन्तोष शर्माले पनि आफ्नो मन्तव्य दिँदै नयाँ नेतृत्वले अभिकर्ता हित संरक्षण, पेशागत अधिकार र संगठनको सुदृढीकरणमा उल्लेखनीय योगदान गर्ने विश्वास व्यक्त गरे। उनले संघको ऐक्यबद्धता र एकताले नै संस्थालाई अझ मजबुत बनाउने बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया