Nepal Life

सिन्धुलीमा सडक दुर्घटना: २ जनाको मृत्यु, ४ जना घाइते

NMB Bank
  • BFIS News
  • 2025 Nov 12 15:45
सिन्धुलीमा सडक दुर्घटना: २ जनाको मृत्यु, ४ जना घाइते
United Ajod

कमलामाई, सिन्धुली – कात्तिक २६  सिन्धुलीको दुधौली नगरपालिका–४, लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

Shikhar
Nepal Life
NIMB

प्रदेश १–०२–००२ ख. ४११ नम्बरको ट्रक भिमानतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ प. २१४२ नम्बरको मोटरसाइकल र म.प्र.०२–००६ प. ५८४१ नम्बरको पल्सर मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, गम्भीर घाइते दुधौली–११ का ३४ वर्षीय रामकुमार कुमर र दुधौली–३ का २५ वर्षीय फुलबाबु धामीको उपचारका क्रममा दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो।

घाइतेमध्ये दुधौली–३ का २६ वर्षीय विप्लव धामी, २७ वर्षीय बुढ्दी थारू, २५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामी रहेका छन्। उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर छ र उनीहरू बोल्न नसक्ने अवस्थामा छन्।

दुर्घटनाग्रस्त पल्सर मोटरसाइकलमा आगलागी भई पूर्णरूपमा क्षति भएको छ। ट्रक चालक, धनकुटा छथर जोरपाटी–६ का २५ वर्षीय शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते चारै जनालाई दुधौली नगर अस्पतालमा उपचारका लागि पठाइएको छ।

इलाका प्रहरी कार्यालय डकाहा भन्छ, घटनाबारे थप अनुसन्धान भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया