Nepal Life

निर्वाचन आयोगको अपिल: योग्य नागरिकले मतदाता नामावलीमा दर्ता गराउन आग्रह

NMB Bank
  • BFIS News
  • 2025 Nov 12 16:03
निर्वाचन आयोगको अपिल: योग्य नागरिकले मतदाता नामावलीमा दर्ता गराउन आग्रह
United Ajod

काठमाडौँ, कात्तिक २५ निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली दर्ता कार्य जारी रहेको जानकारी गराउँदै योग्य नेपाली नागरिकलाई समयमै नाम दर्ता गराउन अपिल गरेको छ।

Shikhar
Nepal Life
NIMB

आयोगले जनाएको छ कि मिति फागुन २०, २०८२ सम्म १८ वर्ष उमेर पूरा हुने नागरिकले मात्र मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन्। सो मितिसम्म १८ वर्ष नपुगेका नागरिकले आगामी निर्वाचनमा मतदान गर्न सक्दैनन् र निर्वाचन पछि मात्र दर्ता गर्न पाउने व्यवस्था गरिएको छ।

नाम दर्ता स्थलमा सेवाग्राहीको चापको कारण सहज सेवा प्रवाहका लागि विशेष व्यवस्था मिलाइएको छ। दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा दुई सिफ्ट (६–६ घण्टा) मा सेवा सञ्चालन हुने व्यवस्था गरिएको छ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत थप १४ जना कर्मचारी खटाएर सेवा सञ्चालन गरिने छ। अन्य जिल्लामा भने प्रमुख जिल्ला अधिकारीको समन्वयमा आवश्यकतानुसार अतिरिक्त जनशक्ति खटाइनेछ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले सबै तहका निकायलाई सहयोग पुर्‍याउन आग्रह गर्दै भन्नुभयो, “नागरिकको सहभागिता लोकतान्त्रिक अभ्यासको आधार हो। योग्य उमेर पूरा गर्ने सबै नेपालीले समयमै आफ्नो नाम मतदाता नामावलीमा दर्ता गर्न हार्दिक अनुरोध गर्दछौं।”

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया