Nepal Life

लालिगुँरास एसोसिएसन राष्ट्रिय लिगमा छनोट

NMB Bank
  • BFIS News
  • 2025 Nov 12 16:09
लालिगुँरास एसोसिएसन  राष्ट्रिय लिगमा छनोट
United Ajod

काठमाडौँ, कात्तिक २६ लालिगुँरास एसोसिएसन क्लबले एन्फा राष्ट्रिय लिगमा स्थान पक्का गरेको छ। हेटौडास्थित गौरिटार रंगशालामा जारी प्रतियोगिताको समूह ‘ए’ खेलमा चित्लाङ एफसीलाई ३–० ले पराजित गर्दै लालिगुँरासले एक खेल अघि नै राष्ट्रिय लिग प्रवेश सुनिश्चित गरेको हो।

Shikhar
Nepal Life
NIMB

लक्ष्छु थापा, आशिष गुरुङ र सुलेमान थापामगरले गोल गर्दै टोलीलाई जित दिलाएका थिए। यसअघि समूह ‘बी’ बाट काँक्रेबिहार राष्ट्रिय लिगमा छनोट भइसकेको छ।

छनोट खेलमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। राउन्ड–रोविन खेलपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्, र सेमिफाइनल पुगेका टोलीहरूले राष्ट्रिय लिगको टिकट पाउनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया