Nepal Life

मिड सोलु हाईड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

NMB Bank
  • BFIS News
  • 2023 Sep 28 19:42
मिड सोलु हाईड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त
United Ajod

काठमाडौं । एनआईसी एशिया क्यापिटल र मिड सोलु हाईड्रोपावर कम्पनी लिमिटेड बीच क्यापिटलको IDEA to IPO सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएकाे छ ।

Shikhar
Nepal Life
NIMB

क्यापिटलले “IDEA to IPO" सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनादेखि IPO जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । सोही सेवा अन्तर्गत ९.५ मेगावाटको मिड सोल हाईड्रोपावर कम्पनी लिमिटेडलाई IPO जारी गर्ने चरणमा पुर्याइ निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरुसहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हाे ।

क्यापिटलले “IDEA to IPO" सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई तत्तकाल IPO जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको IPO जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रकृया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथासिघ्र IPO जारी गर्न योग्य कम्पनी बनाउन महत्वपूर्ण योगदान प्रदान गर्दै आइरहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया