Nepal Life

बिना अक्सिजन मनास्लुको चुचुरोमा किर्तिमानी आरोहण गरेकी पुर्णिमा श्रेठले फहराइन नेपाल लाइफको झण्डा

NMB Bank
  • BFIS News
  • 2023 Sep 28 20:09
बिना अक्सिजन मनास्लुको चुचुरोमा किर्तिमानी आरोहण गरेकी पुर्णिमा श्रेठले फहराइन नेपाल लाइफको झण्डा
United Ajod

काठमाडौं । गोरखाकी पुर्णिमा श्रेष्ठले बिना अक्सिजन ८,१६३ मिटर उचाई भएको मनास्लु हिमालको सफल आरोहण गरेकी छिन् । उनले आफ्नो किर्तिमानी आरोहण सँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको झण्डा फहराएकी छिन् । 

Shikhar
Nepal Life
NIMB

आरोहण गर्दा बेस क्याम्पबाट नै महिनावारी भएपनि उनले बिना अक्सिजन मनास्लु हिमालको सफल आरोहण गरेकी हुन् । आरोहण सम्पन्न भएपछी भन्छिन्, "बिना अक्सिजन ८,००० मिटर सम्म जानु धेरै गाह्रो कुरा हो, तर दृढ संकल्पका साथ यो आरोहण पुरा भयो।"

उनले आफ्नो फेसबुक मार्फत नेपाल लाइफलाई धन्यवाद दिएकी छिन् । उनले लेखेकी छिन् 'सपनाहरू देख्नको लागि मात्र होइन , पुरा हुनको लागि पनि हो ,गएको बर्ष मनास्लु हिमाल आरोहणको लागि नेपाल लाइफ इन्स्योरेन्सले सहयोग गर्नु भएको थियो । त्यतिबेला मौसमले साथ दिएन । एक वर्ष कुरेर जुन उदेश्य लिएर गएको थियोे, सफलता प्राप्त गरे । धन्यवाद नेपाल लाइफ इन्स्योरेन्स ।'

आरोहणको अनुभवलाई सामाजिक सञ्जाल मार्फत महिनावारी र हिमाल दुबै प्राकृतिक कुरा हो भन्दै असफलताका लागि धेरै बहाना हुन्छ तर आफ्नु सपनाको लागि बहाना बनाउन नहुने तर्क राखेकी छिन् । 

हिमाल चढ्दा गाह्रो, कि फर्किदा गाह्रो ? भन्दै प्रश्न गर्नेलाई समेत उनले जवाफ दिएकी छिन्, 'दुबै गाह्रो हुन्छ, चढ्दा सपना हुन्छ, फर्किदा जीवन हुन्छ।' नेपाल लाइफले यस्तै साहासिक काममा सहयोग गर्दै आएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया