Nepal Life

प्रभु इन्स्योरेन्सको पहिलो त्रैमास: नाफासहित अधिकांश सूचकमा सुधार, जीवन बीमा कोष १५ अर्ब नाघ्यो

NMB Bank
  • BFIS News
  • 2025 Nov 16 10:24
प्रभु इन्स्योरेन्सको पहिलो त्रैमास: नाफासहित अधिकांश सूचकमा सुधार, जीवन बीमा कोष १५ अर्ब नाघ्यो
United Ajod

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको विवरणअनुसार कम्पनीले नाफासह अधिकांश वित्तीय सूचकमा सकारात्मक प्रगति गर्न सफल भएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले समीक्षा अवधिका तीन महिनामा ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७२ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यसै अवधिमा कम्पनीले ५ करोड ६० लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो।

खुद बीमाशुल्क आर्जनमा पनि कम्पनीले सुधार देखाएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी गरे पनि चालु वर्षको सोही अवधिसम्म आइपुग्दा यो बढेर १२ करोड ७ लाख रुपैयाँ पुगेको छ।

यस्तै, दाबी भुक्तानीमा भने कम्पनीको व्यय बढेको छ। पहिलो त्रैमाससम्ममा कुल दाबी भुक्तानी १३.५ प्रतिशतले बढेर १० करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यसै अवधिमा यो ९ करोड ४७ लाख रुपैयाँ थियो।

प्रभु इन्स्योरेन्सको चुक्तापूँजी ५ अर्ब १० करोड रुपैयाँ रहेको छ भने महाविपत्ति कोष १० करोड ३४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, जगेडा कोषमा ५८ करोड ४७ लाख रुपैयाँ सञ्चिति भएको कम्पनीले जनाएको छ। कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब ५ करोड नाघेको छ। 

असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११६.५६ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।कम्पनीका अनुसार दाबी भुक्तानी तथा व्यवसायिक विस्तारसँगै वित्तीय सूचक सकारात्मक दिशातर्फ उन्मुख रहँदा आगामी त्रैमासमा अझ सुदृढ नतिजा ल्याउने लक्ष्य राखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया