Nepal Life

सानिमा रिलायन्सको पहिलो त्रैमासको नाफा १५ करोड नजिक, जीवन बीमा कोष ३४ प्रतिशतले बढाउन सफल

NMB Bank
  • BFIS News
  • 2025 Nov 16 10:47
सानिमा रिलायन्सको पहिलो त्रैमासको नाफा १५ करोड नजिक, जीवन बीमा कोष ३४ प्रतिशतले बढाउन सफल
United Ajod

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको विवरणले कम्पनीले समीक्षा अवधिमा नाफादेखि बीमाशुल्कसम्म अधिकांश सूचकामा प्रगति गर्न सफल रहेको देखाउँछ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले गत आर्थिक वर्षको असोज मसान्तसम्म १३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चालू आर्थिक वर्षको सोही अवधिमा यो नाफा १२.५३ प्रतिशतले बढेर १४ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

बीमाशुल्क आर्जनमा पनि सानिमा रिलायन्सले उल्लेखनीय वृद्धि गरेको छ। गत वर्षको तीन महिनामा कम्पनीले १ अर्ब ५० करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क उठाएका थिए भने यस वर्षको पहिलो त्रैमासमा यो रकम १८.५२ प्रतिशतले बढेर १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ पुगेको छ।

कुल आम्दानी ७.४१ प्रतिशतले वृद्धि भएर २ अर्ब २५ करोड रुपैयाँमा पुगेको छ। यस्तै, कुल खर्च ७.०७ प्रतिशतले बढ्दै २ अर्ब १० करोड १३ लाख रुपैयाँ नाघेको विवरणमा उल्लेख छ।

बीमा दाबी भुक्तानी भने यस अवधिमा घटेको छ। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ४६ करोड ५१ लाख रुपैयाँ दाबी भुक्तानी गरेकोमा चालू वर्षमा यो १४ प्रतिशतले घटेर ३९ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ। तर, अभिकर्तालाई प्रदान गर्ने कमिशन १५ करोड रुपैयाँबाट १४ प्रतिशत बढेर १७ करोड ११ लाख रुपैयाँ पुगेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको छ। महाविपत्ति कोषमा १४ करोड ९२ लाख रुपैयाँ तथा जगेडा कोषमा ४० करोड ६९ लाख रुपैयाँ सञ्चित छ। प्रतिशेयर नेटवर्थ ११०.५७ रुपैयाँ रहँदा प्रतिशेयर आम्दानी (EPS) १०.७४ रुपैयाँबाट बढेर ११.९३ रुपैयाँ कायम भएको कम्पनीले जनाएको छ। कम्पनीको जीवन बीमा कोषमा २० अर्ब ८७ करोड पुगेको छ। गत वर्षको भन्दा ३४.१२ प्रतिशतले बढाउन सफल भएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया