Nepal Life

सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Nov 17 05:47
सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न
United Ajod

कार्तिक ३०, २०८२, काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा आइतबार काठमाडौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। सभाको उद्घाटन तथा सञ्चालन बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा गरिएको थियो।

Shikhar
Nepal Life
NIMB

सभाले बैंकको हाल कायम चुक्ता पूँजी रु. १४,०८,९९,८०,१९० (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय नब्बे रुपैयाँ मात्र) मध्ये ५ प्रतिशत बराबरको रु. ७०,४४,९९,०१० (अक्षरेपी सत्तरी करोड चौवालीस लाख उनान्सय हजार दस रुपैयाँ मात्र) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। त्यस्तै, ५.५३ प्रतिशत बराबरको रु. ७७,९१,७५,९०५ (अक्षरेपी सतहत्तर करोड एकान्नब्बे लाख पचहत्तर हजार नौ सय पाँच रुपैयाँ मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने निर्णय पनि अनुमोदन गरेको छ।

वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण, र स्वपूँजीमा भएको परिवर्तनको विवरण सर्वसम्मतिबाट पारित गरेको छ।

यसका अतिरिक्त, सभाले आगामी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा उहाँको पारिश्रमिक तोक्ने प्रस्ताव समेत स्वीकृत गरेको छ। साधारण सभामा बैंकका संचालक, उच्च अधिकारी, शेयरधनी तथा आम आमन्त्रितहरूको उपस्थिति रहेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया