Nepal Life

यूनाइटेड अजोड इन्स्योरेन्सको बीमा व्यवसायमा उल्लेख्य बृद्धि

NMB Bank
  • BFIS News
  • 2025 Nov 17 06:24
यूनाइटेड अजोड इन्स्योरेन्सको बीमा व्यवसायमा उल्लेख्य बृद्धि
United Ajod

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको विवरणमा कम्पनीले बीमा व्यवसाय, आम्दानी र ग्राहक विस्तारमा उल्लेखनीय प्रगति हासिल गरे पनि नाफा भने ऋणात्मक रहेको देखिन्छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद बीमाशुल्कमा २७.२१ प्रतिशत वृद्धि भएको छ। गत वर्ष पहिलो त्रैमासमा १९ करोड ३० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीले यो वर्ष त्यही अवधिमा २४ करोड ५५ लाख रुपैयाँ संकलन गरेको छ। यसले कम्पनीप्रति ग्राहकको विश्वास र बजार विस्तारमा सुधार भएको संकेत गरेको छ।

यस्तै, कम्पनीको कुल आम्दानी ३२ करोड ०२ लाख रुपैयाँबाट १३.५७ प्रतिशत वृद्धि भई ३६ करोड ३४ लाख रुपैयाँ पुगेको छ। तर, लगानी तथा ऋणबाट प्राप्त आम्दानी भने ७६ लाख २७ हजारबाट घटेर ४३ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ।

दाबी भुक्तानी बढेपछि नाफा ऋणात्मक

कम्पनीको मुनाफा भने यो अवधिमा निकै प्रभावित भएको छ। जेनजी आन्दोलनको क्रममा निजी सम्पत्तिमा भएको तोडफोडका कारण ठूलो परिमाणमा दाबी भुक्तानी गर्नुपरेको कम्पनीले जनाएको छ। सोही कारण १५ करोड ११ लाख रुपैयाँ नाफा ऋणात्मक भएको हो।

चालु त्रैमासमा कम्पनीले ३३ करोड ५५ लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। गत वर्ष यस अवधिमा दाबी भुक्तानी ३४ करोड ९२ लाख रुपैयाँ रहेको थियो।

सञ्चालन खर्च र कमिशनमा उल्लेख्य वृद्धि

कम्पनीको कुल खर्च गत वर्षको ३४ करोड ५९ लाख रुपैयाँबाट बढेर ५७ करोड ९४ लाख रुपैयाँ पुगेको छ, जसमा ६७.५० प्रतिशत वृद्धि देखिन्छ। व्यवसाय विस्तार, नयाँ बीमा योजना तथा सेवा सुधारका लागि गरिएको लगानीले खर्च बढाएको कम्पनीले जनाएको छ।

अभिकर्ता कमिशनमा पनि उल्लेख्य वृद्धि भएको छ। गत वर्षको ७४ लाख रुपैयाँ कमिशनबापत प्रदान गरेको कम्पनीले चालु वर्ष पहिलो त्रैमासमा १ करोड ३४ लाख रुपैयाँ वितरण गरेको छ, जुन ८०.८१ प्रतिशत वृद्धि हो।

पूँजी संरचना र वित्तीय संकेतक

कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ छ। स्पेशल रिजर्भमा १ अर्ब २ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोषमा साढे ४ करोड रुपैयाँ, भने जगेडा कोषमा ५ करोड रुपैयाँ ऋणात्मक देखिएको छ।

असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १६९.४९ रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी (EPS) २६.१८ रुपैयाँ ऋणात्मक रहेको उल्लेख गरिएको छ। कम्पनीले आगामी त्रैमासहरूमा नाफा सुधार गर्ने लक्ष्यसहित दाबी व्यवस्थापन तथा लगानी संरचना अझ सुदृढ बनाउने योजना अघि सारेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया