Nepal Life

सुस्ताएको शेयर बजारमा १५ दिन पछि ९.७८ अंकको सुधार, दुर्गा प्रसाईको आन्दोलन नियाल्दै लगानीकर्ता

NMB Bank
  • BFIS News
  • 2025 Nov 17 15:16
सुस्ताएको शेयर बजारमा १५ दिन पछि ९.७८ अंकको सुधार, दुर्गा प्रसाईको आन्दोलन नियाल्दै लगानीकर्ता
United Ajod

काठमाडौं। सुस्ताएको शेयर बजारमा करिव १५ दिन भन्दा लामो अवधिको गिरावट पनि आज ९.७८ अंकको सुधार देखिएको छ। राजनीतिक अस्थिरता र अन्योलले ग्रस्थ शेयर बजारले गति लिन सकेको छैन। 

Shikhar
Nepal Life
NIMB

गएको भदौ २३ गतेको जेनजी आन्दोलन पछि शेयर बजारमा चरम गिरावट आएको हो। त्यस यता शेयर बजारले गति लिन सकेको छैन। आन्दोलन पछि गठन भएको चुनावी सरकारले आगामी फागुन २१ गते चुनाव गर्न सक्छ या सक्दैन भन्ने अन्योलता कायमै छ। पुराना दलहरु संसद पुनर्थापन गर्नु पर्ने माग राखिरहेका छन् भने आन्दोलन पछि निर्माण भएका दलहरुको गतिविधि खासै राम्रो देखिदैन। यसले गर्दा शेयर बजार पनि यहि अन्योलतामा घुमिरहेको छ। 

यदि चुनाव हुन सक्यो भने शेयर बजारले नयाँ गति लिनेमा विश्लेषकहरु ढुङ्क छन् तर यहि अन्योलता लम्बियो भने शेयर बजारको अहिलेको अवस्था पनि लम्बिने उनिहरुको विश्लेषण छ। अझै पनि आर्थिक गतिविधि राम्रो देखिएको छैन। सूचिकृत कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरणले पनि सकारात्मक संकेत प्रदान गरिरहेको छैन। बैंकहरुको खराव कर्जा थप चुलिएको छ। बीमा कम्पनीहरु एक पछि अर्को दाबीका कारण नोक्सानमा देखिएका छन्। 

अन्य उत्पादन तथा प्रशोधनमुलक कम्पनीको अवस्था पनि खासै राम्रो छैन। यसले गर्दा नेप्से सूचक २५ सयको लाइनमा खड्किएको छ। सोमबार नेप्से सूचक ९.७८ अंकले सुधार भएर २५५० अंकमा बन्द भएको छ। कारोबार रकम तीन अर्ब ९४ करोडमा सिमित छ। १६७ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिए पनि ७६ वटाको शेयर मूल्य घटेको छ। 

बन्दिपुर केवलकार, सागर डिष्ट्रिलरी, बुङ्गल हाइड्रो र झापा इनर्जीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। भुगोल इनर्जीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। यदि दुर्गा प्रसाइले आगामी मंसिर ७ गते गर्ने भनिएको प्रदर्शन असफल भयो भने र फागुन २१ गते घोषित चुनाव सम्पन्न हुन सक्यो भने यस अगाडी नै शेयर बजारले गति लिन सुरु गरिसक्नेछ। अन्यथा बजारले गति लिन मुस्किल छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया