Nepal Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सातौँ साधारण सभा बोलायो, ६.३१५८% नगद लाभांश पारित गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Nov 18 11:26
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सातौँ साधारण सभा बोलायो, ६.३१५८% नगद लाभांश पारित गर्ने
United Ajod

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने प्रस्तावित लाभांश पारित गर्न सातौँ वार्षिक साधारण सभा बोलाएको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले मंसिर २३ गते, मंगलबार, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौँमा साधारण सभा गर्नेछ। सभा बिहान ९ बजेबाट सुरु हुने बैंकले जनाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। साथै, सभामा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन गर्ने एजेन्डा रहेको छ।

यस्तै, साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १२ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यसअनुसार, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका शेयरधनीहरूले साधारण सभामा सहभागी हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

NIFRA ले पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ र लाभांश प्रस्तावले शेयरधनीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया