Nepal Life

बैंकहरुको पहिलो त्रैमासको नतिजा आशाजनक, वाणिज्य बैंकहरू संकटमा छैनन्: बैंकर कुँवर

NMB Bank
  • BFIS News
  • 2025 Nov 18 14:13
बैंकहरुको पहिलो त्रैमासको नतिजा आशाजनक, वाणिज्य बैंकहरू संकटमा छैनन्: बैंकर  कुँवर
United Ajod

काठमाडौं। वाणिज्य बैंकहरूको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक नतिजाबारे पूर्व बैंकर तथा बैंकिङ विज्ञ पर्शुराम कुँवरले दिएको मूल्यांकनले बैंकिङ क्षेत्रमा तत्काल चिन्ता लिनुपर्ने स्थिति नरहेको संकेत गरेका छन्। उनका अनुसार समग्र वित्तीय सूचकहरू गम्भीर झट्का दिने खालका नभई सुधारको सम्भावना बोकेर अगाडि बढिरहेका छन्।

Shikhar
Nepal Life
NIMB

कुँवरका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिमा वाणिज्य बैंकहरूले गरेको खुद मुनाफा गत आर्थिक वर्षको यहि अवधिमा रु १६.१९ अर्बबाट १८.७८ प्रतिशतले घटेर रु १३.१५ अर्बमा सीमित भएको छ। नाफा घट्नुको मुख्य कारण बैंकहरूले राख्नुपर्ने Impairment Charge हो, जुन अघिल्लो वर्ष रु १०.४४ अर्ब रहेकोमा यस वर्ष झण्डै दोब्बर भई रु २०.१४ अर्ब पुगेको छ। “यो नगदी खर्च नभएकाले अर्थतन्त्र सुधारिँदै जाँदा र निष्क्रिय ऋण असुली बढ्दै गएपछि यो रकम फिर्ता हुने छ, जसले बैंकहरूको नाफा फेरि उकासिनेछ,” कुँवरले बताए।

उच्च तरलता कायम रहेकाले पनि बैंकहरूको कारोबार सहज देखिएको कुँवरको विश्लेषण छ। अघिल्लो वर्ष आश्विन मसान्तको CD Ratio ७७.८७ प्रतिशत रहेकोमा यो वर्ष सोही अवधिमा ७५.१० प्रतिशत मा झरेको छ। त्यस्तै औसत कर्जा प्रिमियम अघिल्लो वर्षको २.०४ प्रतिशतबाट घटेर यस वर्ष १.९४ प्रतिशत पुगे पनि बैंकहरूको खुद ब्याज आम्दानी ५.६४ प्रतिशतले वृद्धि भएको छ।

बैंकहरूको गैर–ब्याज आम्दानी पनि आकर्षक रूपमा बढेको कुँवरको टिप्पणी छ। यस वर्षको पहिलो त्रैमासिकमा गैर–ब्याज आम्दानी २०.४६ प्रतिशतले वृद्धि हुनु अर्थतन्त्रमा आर्थिक गतिविधि विस्तार भइरहेको संकेत भएको उनको भनाइ छ।

यस्तै, बैंकहरूको कुल सञ्चालन लागत र कुल आम्दानीको अनुपात पनि सुधारिएको देखिन्छ। अघिल्लो वर्षको पहिलो त्रैमासिकमा यो अनुपात ४३.८९ प्रतिशत रहेकामा चालू वर्षको पहिलो त्रैमासिकमा घटेर ४०.९८ प्रतिशत पुगेको छ। “दुई ठूला बैंक बाहेक सबै बैंकको सञ्चालन दक्षता सुधारिएको छ,” कुँवरले निष्कर्ष निकाले।

उनका अनुसार वित्तीय क्षेत्रमा सकारात्मक संकेतहरू क्रमिक रूपमा देखिन थालेका छन्, जसले आगामी त्रैमासिकहरूमा बैंकिङ क्षेत्रमा नाफा र स्थायित्व दुबै बढ्ने अपेक्षा गर्न सकिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया