Nepal Life

नेपाल लाइफद्धारा बीमितको परिवारलाई दाबी भुक्तानी

NMB Bank
  • BFIS News
  • 2025 Nov 18 21:30
नेपाल लाइफद्धारा बीमितको परिवारलाई दाबी भुक्तानी
United Ajod

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शाखा कार्यालय कोहलपुरले बिमित स्व. चन्द्र बहादुर खत्रीको निधनपछि दाबी भुक्तानी तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। दाबी भुक्तानी कार्यक्रम स्व. खत्रीको निवास, बैजनाथ गाउँपालिका–४ मा आयोजना गरिएको थियो।

Shikhar
Nepal Life
NIMB

स्वर्गीय खत्रीले “नेपाल लाइफ सम्मुनत जीवन बिमा योजना” अन्तर्गत १५ वर्षका लागि रु ३,००,०००/- बिमा गरेका थिए। उनले चार किस्ताबापत जम्मा रु १,०२,०००/- बिमा शुल्क तिरेका थिए। कम्पनीका अनुसार बीमित खत्रीले २०७८ फागुन २९ गते बीमा गरेका थिए। उनको २०८२ असोज ३१ गते हृदयघातका कारण देहावसान भएको थियो।

उक्त योजनामा साधारण मृत्युमा समेत दोब्बर भुक्तानी र बोनस प्राप्त हुने व्यवस्था रहेकाले नेपाल लाइफले बिमितकी हकवाला हिरादेबी थापा खत्रीलाई कुल रु ६,६०,२००/- रकम बैंक खातामार्फत भुक्तानी गरेको कम्पनीले जनाएको छ।

कार्यक्रममा वडा अध्यक्ष प्रेम बहादुर शाहीले सहभागिता जनाउँदै बिमाको महत्त्व, जोखिम न्यूनीकरणमा यसको भूमिका तथा हरेक घरका जिम्मेवार घरमूलीले अनिवार्य रूपमा बिमा गर्नुपर्ने आवश्यकता औंल्याए। उनले दाबी भुक्तानी छिटो र पारदर्शी रूपमा सम्पन्न गरिदिएकोमा नेपाल लाइफ इन्स्योरेन्स तथा शाखा कार्यालय कोहलपुरलाई धन्यवाद व्यक्त गरे।

त्यसैगरी, पेशागत बिमा अभिकर्ता सँग बिमकका केन्द्रिय उपाध्यक्ष जुहारी लाल चौलागाईंले बिमाका फाइदा, दीर्घकालीन आर्थिक बचत तथा परिवारको आर्थिक सुरक्षामा बिमाको भूमिकाबारे विस्तृत रूपमा प्रकाश पारे। “आजको बचत नै भोलिको आधार” भन्दै उनले गाउँ–गाउँमा बिमाको पहुँच थप विस्तार गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बिमक कर्णाली प्रदेश उपाध्यक्ष पवित्रा भट्टराई, कर्णाली प्रदेश सचिव सुमित्रा कुमारी शाही, बिमक कोहलपुर अध्यक्ष बादु राजबंशी र सचिव ऋषिराम न्यौपानेलगायतको उपस्थिति थियो। सहभागीहरूले स्व. खत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया