Nepal Life

स्थलगत निरीक्षणका क्रममा गलत तथ्यांक दिने बीमा कम्पनीलाई कारबाही गर्छौ : कार्यकारी निर्देशक पौडेल

NMB Bank
  • BFIS News
  • 2023 Sep 28 21:01
स्थलगत निरीक्षणका क्रममा गलत तथ्यांक दिने बीमा कम्पनीलाई कारबाही गर्छौ : कार्यकारी निर्देशक पौडेल
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरणले स्थलगत निरीक्षणका क्रममा गलत तथ्याङ्क दिने कम्पनीलाई कानुन बमोजिम कारबाही गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणबाट आज पोखरामा आयोजित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरू तथा बीमा सर्भेयरहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशकले यस्तो बताएका हुन् । 

Shikhar
Nepal Life
NIMB

कार्यकारी निर्देशक पौडेलले प्राधिकरणबाट हुने स्थलगत निरीक्षणका क्रममा सत्यतथ्य विवरण नदिई गलत तथ्यांङ्क दिने कम्पनीहरूलाई कानून बमोजिम कारवाही गरिने बताएका हुन् । 

कार्यकारी निर्देशक पौडेलले बीमा अभिकर्ताहरूले गर्ने कार्यको निरीक्षण गर्ने पहिलो कर्तव्य बीमकका प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरूको भएको बताए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्नका लागि नागरिकहरू आफै बीमा कम्पनीमा आउने वातावरण सिर्जना गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । 

अध्यक्ष सिलवालले बीमा बजारमा विश्वसनीयता कायम गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्नका लागि ठोस कदम चाल्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका हुन् । 

अध्यक्ष सिलवालले भने, “मर्जरपश्चात् बीमा कम्पनीहरूको जोखिम बहन गर्ने क्षमता बढेको छ, बीमा कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गतिविधिहरू बढाउँदै लानुपर्छ, बीमा सचेतना कार्यक्रमहरू संचालन गर्नुपर्छ, बीमा बजारका नयाँ नयाँ क्षेत्र पहिचान गर्नुपर्छ ।”

अध्यक्ष सिलवालले बीमा ऐनमा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका लागि नीतिगत व्यवस्थाको पहल भइरहेको जानकारी दिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया