Nepal Life

स्वावलम्बन लघुवित्तको १० प्रतिशत लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2025 Nov 20 10:48
स्वावलम्बन लघुवित्तको १० प्रतिशत लाभांश घोषणा
United Ajod

काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.६३६५ प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

मंसिर ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको संस्थाले जनाएको छ। यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरूलाई प्रदान गरिने छ।

लाभांश वितरणको निर्णय पश्चात् शेयरधनीहरू आगामी साधारण सभापछि सोअनुसारको बुक क्लोज र प्राप्ति प्रक्रियामा अघि बढ्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया