Nepal Life

सुन–चाँदीको मूल्य फेरि उकालो, प्रतितोला २ लाख ४३ हजार रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2025 Nov 20 10:58
सुन–चाँदीको मूल्य फेरि उकालो, प्रतितोला २ लाख ४३ हजार रुपैयाँ
United Ajod

मंसिर ४ गते, बिहीबार— नेपाली बजारमा आज पनि बहुमूल्य धातु सुन र चाँदीको मूल्य बढेको छ। लगातार केही दिनयता सुनको मूल्य वृद्धि भइरहेकै बेला बिहीबार पनि दुवै धातुको मूल्य उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

महासंघका अनुसार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ४३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात बुधबार सुन २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको उतार–चढावसँगै नेपाली बजारमा समेत सुनको मूल्य निरन्तर बढिरहेको छ।

उता, चाँदीको मूल्य पनि आज प्रतितोला ३५ रुपैयाँले बढेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यसको मूल्य ३ हजार १५० रुपैयाँ रहेको थियो।

सुन–चाँदीको मूल्यमा निरन्तर आएको वृद्धि पछिल्लो समय सिक्का तथा गहना कारोबार गर्ने व्यवसायी र उपभोक्ता दुवैको चासोको केन्द्र बनेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया