Nepal Life

शिखर इन्स्योरेन्सबाट वार्षिकोत्सवको अवसरमा कर्मचारी सम्मानित

NMB Bank
  • BFIS News
  • 2025 Nov 20 20:38
शिखर इन्स्योरेन्सबाट वार्षिकोत्सवको अवसरमा कर्मचारी सम्मानित
United Ajod

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ। उक्त अवसरमा कम्पनीमा २० वर्ष सेवा अवधि पुरा गरेका ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्ष सेवा अवधि पूरा गरेका २० जना कर्मचारीहरूलाई चाँदीको सिक्का सहित प्रमाणपत्र प्रदान गरी उनीहरूको समर्पण, मेहनत र दीर्घकालीन योगदानको प्रशंसा गरिएको थियो।

Shikhar
Nepal Life
NIMB

वार्षिकोत्सवको अवसरमा देशभर आयोजित रक्तदान कार्यक्रममा १४३९ युनिट रगत संकलन गरिएको थियो। शिखर इन्स्योरेन्सले आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार, ग्राहक–मैत्री सेवा प्रवाह तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरूलाई अझ सुदृढ गर्दै, उत्कृष्ट, भरपर्दो र नवप्रवर्तनयुक्त बिमा सेवा प्रदान गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया