Nepal Life

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश पारित गर्न साधारण सभा मंसिर २६ गते

NMB Bank
  • BFIS News
  • 2025 Nov 21 09:09
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश पारित गर्न साधारण सभा मंसिर २६ गते
United Ajod

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न आफ्नो सत्रौँ वार्षिक साधारण सभा डाकेको छ। बैंकले उक्त सभा मंसिर २६ गते, शुक्रबार, बुटवल स्थित होटल सेफ्रन सि.के. प्रा.लि., रुपन्देहीमा आयोजना गर्ने जनाएको छ। साधारण सभा अपरान्ह १२:३० बजेबाट सुरु हुने कार्यसूची छ।

Shikhar
Nepal Life
NIMB

बैंकले प्रस्ताव गरेको लाभांशमा हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा सो बोनसमा लाग्ने करसहित १० प्रतिशत नगद लाभांश समावेश गरिएको छ। साधारण सभाले यी प्रस्तावहरू अनुमोदन गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, सभाबाट अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नयाँ लेखापरीक्षक नियुक्त गर्नेजस्ता अन्य महत्वपूर्ण प्रस्तावहरू समेत पारित गरिनेछ।

साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले मंसिर १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरु साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया