Nepal Life

नबिल बैंकलाई पहिलोपटक अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासन अनुमति

NMB Bank
  • BFIS News
  • 2025 Nov 21 15:44
नबिल बैंकलाई पहिलोपटक अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासन अनुमति
United Ajod

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई पहिलोपटक अविमोच्य असञ्चिति अग्राधिकार शेयर (Non-Redeemable Non-Cumulative Preference Shares) निष्कासन गर्न अनुमति दिएको छ।

Shikhar
Nepal Life
NIMB

बोर्डले ‘८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न स्वीकृति प्रदान गरेको हो।

स्वीकृति अनुसार बैंकले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यका ५ करोड कित्ता अग्राधिकार शेयर निष्कासन गर्नेछ। बैंकले उक्त प्रक्रियाका लागि बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ।

बोर्डका अनुसार बैंकले निष्कासन गर्ने यस प्रकारका अग्राधिकार शेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन्। त्यस्तै, धितोपत्र बोर्डबाट अनुमति प्राप्त अन्य संस्थाहरूले समेत आवेदन दिन पाउने छैनन्। केवल संस्थागत लगानीकर्तामात्रै उक्त शेयरमा आवेदन दिन योग्य हुनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया