Nepal Life

जेनभेस्ट भेन्चर्सको पहिलो वर्ष पूरा, १२ लाख संकलन गर्न सफल: आगामी वर्ष १ करोडको लक्ष्य

NMB Bank
  • BFIS News
  • 2025 Nov 22 20:11
जेनभेस्ट भेन्चर्सको पहिलो वर्ष पूरा, १२ लाख संकलन गर्न सफल: आगामी वर्ष १ करोडको लक्ष्य
United Ajod

काठमाडौँ । युवाद्वारा सञ्चालित लगानी संस्था जेनभेस्ट भेन्चर्स (GenVest Ventures) ले आफ्नो पहिलो वर्ष सफलतापूर्वक पूरा गरेको छ। सञ्चालनको पहिलो वर्षमै संस्थाले रू. १२ लाख लगानी संकलन गर्न सफल भएको छ । संस्थाले आगामी वर्षभित्र रू. १ करोड सम्म लगानी संकलन गर्ने लक्ष्य सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

हालै सम्पन्न वार्षिक समिक्षा कार्यक्रममा जेनभेस्ट भेन्चर्सका प्रतिनिधिहरूले युवाको नेतृत्वमा दिगो र प्रभावकारी लगानी संस्कृति विकास गर्ने उद्देश्यसहित संस्था अघि बढिरहेको जानकारी दिएका छन्। उनका अनुसार अहिले संस्था नयाँ तथा सम्भावनायुक्त स्टार्टअप र उद्यमहरूमा लगानीका अवसरहरू खोजिरहेको छ।

नेपालमा पछिल्लो समय युवा उद्यमशीलता, दिगो वित्तीय अभ्यास र नवप्रवर्तनमैत्री लगानीका पहलहरू बढ्दै गएका बेला जेनभेस्ट भेन्चर्सले गरेको प्रगति चर्चा योग्य मानिएको छ। आर्थिक चुनौती, पूँजी अभाव र बजार विस्तारका कठिनाइबीच पनि युवाद्वारा परिचालित लगानी संस्थाले छोटो समयमै विश्वास हासिल गर्न सकेको विशेषज्ञहरूको भनाइ छ।

संस्थाले आगामी महिनाहरूमा देशभरका उद्यमी तथा स्टार्टअपहरूको पहिचान, मूल्यांकन तथा लगानी आकर्षित गर्न श्रृंखलाबद्ध कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया