Nepal Life

सुपर मादी हाइड्रोपावरले ५० प्रतिशत हकप्रद जारी गर्ने, कुल चुक्ता पूँजी ३.३५ अर्ब पुग्ने

NMB Bank
  • BFIS News
  • 2025 Nov 22 20:58
सुपर मादी हाइड्रोपावरले ५० प्रतिशत हकप्रद जारी गर्ने, कुल चुक्ता पूँजी ३.३५ अर्ब पुग्ने
United Ajod

काठमाडौं। सुपर मादी हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले २:१ अनुपातमा (५०%) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

हाल कम्पनीको चुक्ता पूँजी रु. २.२० अर्ब रहेको छ। प्रस्तावित १,१५,७६,२५० कित्ता हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पूँजी बढेर रु. ३.३५ अर्ब हुने कम्पनीले जनाएको छ।

यद्यपि, हकप्रद सेयर जारी गर्न ऊर्जाजन्य नियामक निकाय विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्ड (सेबोन) दुवैको स्वीकृति आवश्यक पर्ने भएकाले अन्तिम निष्कर्ष अनुमतिपछि मात्र आउनेछ।

यसबीच, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सोमबारको कारोबारमा रु. ८०२.०० मा बन्द भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया