Nepal Life

एनएमबि बैंकको १०% लाभांश घोषणा, शेयरधनीले ५ % बोनस शेयर सहित एक अर्ब ८३ करोड पाउने

NMB Bank
  • BFIS News
  • 2025 Nov 23 11:18
एनएमबि बैंकको १०% लाभांश घोषणा, शेयरधनीले ५ % बोनस शेयर सहित एक अर्ब ८३ करोड पाउने
United Ajod

काठमाडौं। एनएमबि बैंक लिमिटेड (NMB) ले आर्थिक वर्ष २०८१/८२ का लागि १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकको संचालक समितिको ४९९औँ बैठकले मंसिर ५ गते उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

प्रस्तावित १० प्रतिशत लाभांश बैंकको १ अर्ब ८३ करोड रुपैयाँ बराबरको चुक्ता पुँजीका आधारमा हुनेछ। सोअनुसार बैंकले ५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। बोनस सेयर तथा नगद लाभांश दुवैको मूल्य करिब ९१ करोड ८३ लाख रुपैयाँ बराबर हुन्छ।

बैंकले जानकारी दिएअनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आउँदो वार्षिक साधारणसभाको (AGM) अनुमोदनपछि मात्र वितरण गरिनेछ। एनएमबि बैंकको गत विहिबारको अन्तिम कारोबार मूल्य (LTP) २३७ रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया