Nepal Life

बोनस शेयरमा लाग्ने कर अब कम्पनीले नै तिर्नु पर्ने, लगानीकर्ताले गरे स्वागत

NMB Bank
  • BFIS News
  • 2025 Nov 24 20:23
बोनस शेयरमा लाग्ने कर अब कम्पनीले नै तिर्नु पर्ने, लगानीकर्ताले गरे स्वागत
United Ajod

काठमाडौं। बोनस शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनको रकम अब कम्पनी वा सम्बन्धित सङ्गठित संस्थाले नै तिर्नुपर्ने व्यवस्था गरिएको छ। नेपाल धितोपत्र बोर्डमा दर्ता भएका सबै सङ्गठित संस्थाहरूले शेयरधनीलाई बोनस शेयर दिनुअघि लाग्ने कर रकम आफूले नै समायोजन गरी भुक्तानी गर्नुपर्ने व्यवस्था नयाँ निर्देशिकामार्फत लागू गरिएको हो।

Shikhar
Nepal Life
NIMB

सोमबार नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र निष्कासन तथा बाँडफाँड (दशौँ संशोधन) निर्देशिका, २०८२ मा बोनस शेयर वितरणसम्बन्धी कर भुक्तानीका नियमहरू संशोधन गरिएको छ। बोर्डले जारी गरेको निर्देशिकामा उल्लेख छ, “बोर्डमा धितोपत्र दर्ता गरेका सम्पूर्ण सङ्गठित संस्थाहरूले शेयरधनीलाई प्रदान गर्ने बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित सङ्गठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेछ।”

यो व्यवस्था धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ को दफा ४० मा उपदफा (७) थप गरी कार्यान्वयनमा ल्याइएको हो।

यसअघि बोनस शेयरमा लाग्ने सानो रकमको कर तिर्न पनि लगानीकर्ताहरू स्वयंले कर कार्यालय धाउनुपर्ने स्थिति थियो। जसले धेरै लगानीकर्तालाई असुविधा र झन्झट व्यहोर्नु परेको थियो। नयाँ व्यवस्थाले लगानीकर्तालाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

धितोपत्र बोर्डको यस्तो निर्देशनलाई लगानीकर्ताका संघ संघठनका प्रतिनिधिहरुले स्वागत गरेका छन्। नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले धितोपत्र बोर्डलाई धन्यवाद दिएका छन्। उनले भने, 'लगानीकर्ताका सङ्घसंस्थाहरूले उठाउँदै आएका धेरै मागहरूमध्ये आज धितोपत्र बोर्डले एउटा मागलाई सम्बोधन गरेछ। त्यसको लागि धेरै धेरै धन्यवाद धितोपत्र बोर्डलाई।' त्यस्तै अन्य लगानीकर्ताले पनि बोर्डको यस कदमलाई स्वागत गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया